प्रधानमन्त्री ओलीले उद्घाटन गरेको पुलको शिलालेख कसले फुटायो ?
१० फागुन, दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले गएकाे माघ १२ गते दाङ देउखुरीको राप्ती नदीमा नेपालको दोस्रो लामो पक्की पुलको उद्घाटन गर्दा राखिएको शिलालेख तोडफोड भएको छ । पुल उद्घाटन भएको एक महिना नपुग्दै शिलालेख तोडफोड भएको हो । प्रहरीले शिलालेख तोडफोडका विषयमा अनुसन्धान भैरहेको जनाएको छ ।

इलाका प्रहरी कार्यालय गढवाका प्रहरी प्रमुख राजकुमार भट्टले शिलालेख तोडफोड गरेको बारेमा अनुसन्धान सुरु भएको बताएका छन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले २०७३ साल मंसिर २२ गते शिलान्यास गरेको पुल झण्डै एक अर्बको लगानीमा बनेको हो ।

प्रकाशित मिति : February 22, 2021 at 8:44 am



