५ ठूला औद्योगिक क्षेत्रको निर्माण हुँदै, प्रधानमन्त्री ओलीले साेमबार दैजी–छेलाको शिलान्यास गर्ने
९ फागसन, काठमाडाैँ । सरकारले ५ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण शुरू गर्ने भएको छ । कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण शुरू हुन लागेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम तयार भएको औद्योगिक विकास लिमिटेडले जानकारी दिएको छ । लिमिटेडका अनुसार, प्रधानमन्त्री ओलीले सोमबार र फागुन १६ गते दमक औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

त्यस्तै, १३ फागुनमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तय भएकाे छ । यसैगरि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नौबस्ता औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको शिलान्यास गर्नुहुनेछ । नौबस्ताको शिलान्यास ११ फागुनमा र मयूरधापको शिलान्यास १४ फागुनमा हुने कार्यक्रम तय भएको कम्पनीले जनाएको छ ।
प्रकाशित मिति : February 21, 2021 at 6:43 pm



