राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यक्षमा अनेरास्ववियूका पूर्व अध्यक्ष निलमबाबु ढुंगेल
८ फागुन, नुवाकोट । राष्ट्रिय युवा परिषद् नुवाकोटको अध्यमाक्ष अनेरास्ववियूका पूर्व अध्यक्ष निलमबाबु ढुंगेल चयन भएका छन । राष्ट्रिय युवा परिषदले ढुंगेललाइ नुवाकोटको अध्यक्षमा चयन गरेको हो । परिषद्ले देशका ७७ वटै जिल्लामा जिल्ला नेतृत्व चयन गरेको छ ।
जिल्ला अध्यक्षसहित तीन जना अधिकृत पदेन सदस्य रहने गरी ९ जनाको बोर्ड हुनेछ । सरकारले राष्ट्रिय युवा परिषद ऐन २०७२ बमोजिम युवा विकासका लागि केन्द्रीय सरकारी निकायको रुपमा राष्ट्रिय युवा परिषद यसअघि नै गठन गरेको छ ।

परिषद्ले विशेषत युवाको नेतृत्व क्षमता विकास / उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन / युवा परामर्श सेवा / विभिन्न सञ्जालहरु मार्फत युवा परिचालन तथा युवा प्रतिभा पहिचान तथा प्रोत्साहन जस्ता युवालक्षित कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ ।
प्रकाशित मिति : February 20, 2021 at 9:44 pm



