सरकारको पक्षका बहस गरेका वकिलले बुझाए संयुक्त बहस नोट (पूर्णपाठसहित)
७ फागुन, काठमाडाैँ । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा एमिकस क्युरीसहित दुवै पक्षको बहस शुक्रवारबाट सकिएको छ । संवैधानिक इजलासले फागुन १० गतेसम्म बहस नोट पेस गर्न दुवै पक्षलाई आदेश दिएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट बहस गर्ने ८५ जना कानून व्यवसायीहरुले शुक्रबार सर्वोच्च अदालतमा संयुक्त बहस नोट बुझाएका हुन् । नोटमा प्रतिनिधिसभा विघटन संवैधानिक हो भन्ने आधारहरूलाई तथ्यसहित पुष्टि गर्न खोजिएको छ ।
प्रकाशित मिति : February 19, 2021 at 5:35 pm



