पछिल्लो २४ घण्टामा ९६ कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु
६ फागुन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार १६६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ६०३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ५०५ पुगेको छ । पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप ३ जनाको निधन भएको मन्त्रालयले जनाएको छ । हालसम्म काेराेना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २ हजार ५८ रहेको छ ।
प्रकाशित मिति : February 18, 2021 at 5:12 pm



