११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पर्खाल लगाउने क्रममा माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार

६ फागुन, ओखलढुङ्गा । पर्खाल लगाउने क्रममा माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई कामदारको सकुशल उद्धार गरिएको छ । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय परिसरमा पर्खाल लगाउने क्रममा आज बिहान माथिबाट थुपारिएको माटोको ढिस्कोले पुरिएका दुई जनाको सकुशल उद्धार गरिएको हो ।

काम गर्ने क्रममा ढिस्कोले पुरिएका मोलुङ गाउँपालिका–३ थुम्कीका अन्दाजी ४५ वर्षका केशरबहादुर सुनुवार र सोही स्थानका अन्दाजी वर्ष ४५ का सोही पुतबहादुर तामाङको सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिनुभयो ।

घटनाको जानकारी पाएलगत्तै खटिएको प्रहरी टोली र स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइते दुवैलाई उपचारका लागि मिसन अस्पताल पठाइएको छ ।

प्रकाशित मिति : February 18, 2021 at 12:22 pm