गुल्मीमा जीप दुर्घटना, ३ जनाको मृत्यु, ६ जना घाइते
६ फागसन, काठमाडाैँ । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । रेसुङ्गा नगरपालिका १४ पराल्मीको ठूलो पँधेरोमा बुधवार बेलुका लु १ ज १९८८ नम्बरको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक प्रविणलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा रेसुङ्गा नगरपालिका १४ का कृष्ण पोख्रेल, गोमा नेपाली र शान्ति नेपालीको मृत्यु भएको छ । घाइतेमध्ये तीन जनालाई थप उपचारका लागि पाल्पा पठाइएको छ भने अरु ३ जनाको गुल्मी अस्पताल तम्घासमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : February 18, 2021 at 8:24 am



