११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गर्ने दाङका गिरी पक्राउ

५ फागुन, दाङ । एक लाख मूल्य बराबरको रिचार्ज कार्ड चोरी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दाङकाे बंगलाचुली गाउँपालिका–४ श्रीबारीका १८ वर्षीय इन्द्र गिरी रहेका प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एंव डिएसपी मुकुन्द प्रसाद रिजालले गिरीले माघ १ गते राति बंगलाचुली–३ कमिरेचौरमा कमलाल पौडेलले सञ्चालन गरेको दाजुभाइ जनरल स्टोरबाट एक लाख बराबरको रिचार्ज कार्ड चोरी गरेको अनुसन्धानबाट खुलेको जानकारी दिए। ​

प्रवक्ता रिजालकाअनुसार पसल सञ्चालक पौडेलको जाहेरीका आधारमा अनुसन्धान गर्दा गिरीले एनटिसी र एनसेलका रिचार्ज कार्ड चोरी गरि घरमा राखेको अवस्थामा बरामद गरिएको हो। पौडेलले पसलबाट रिचार्ज कार्डसहित नगद २० हजार रुपैयाँ पनि चोरी भएको जाहेरी दिएका छन्।

 

खानतलासी गर्ने क्रममा चोरी गरेका ६१ हजार आठ सय बराबरका रिचार्ज कार्ड बरामद भएको प्रवक्ता रिजालले जानकारी दिए। रिचार्ज कार्डको सिरियल नम्बरको आधारमा दुरसञ्चार कार्यालय संग समन्वय गरि गिरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।

प्रकाशित मिति : February 17, 2021 at 5:50 pm