११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि

५ फागुन, काठमाडाैँ ।  नेपालमा पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ७० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १६२१ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या हालसम्म २ लाख ६९ हजार ३९४ पुगेको छ । नेपालमा हालसम्म काेराेना संक्रमणबाट मृत्यु हुनेकाे संख्या २ हजार ५५ रहेको छ ।

प्रकाशित मिति : February 17, 2021 at 5:22 pm