११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

चिकित्सक संघले एकतर्फी रूपमा बढायाे डाक्टरको फी (विज्ञप्तिसहित)

५ फागुन, काठमाडाैँ । निजी अस्पताल र चिकित्सकहरूको छाता संगठनले एकतर्फी रूपमा चिकित्सकको परामर्श शुल्क बढाएकाे छ । नेपाल चिकित्सक संघ र एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले यही फागुन ४ गतेदेखि लागू हुने गरी चिकित्सकहरूको परामर्श शुल्क बढाएका हुन् । अब चिकित्सकहरूले आफ्नो योग्यताअनुसार न्यूनतम ३ सय ७० देखि अधिकतम ८ सय २५ रुपैयाँसम्म शुल्क लिन पाउने छन् । सेवा प्रदायक संस्थाले त्यसमा २० प्रतिशतसम्म जोडेर शुल्क लिन पाउनेछन्

सांकेतिक फाेटाे

२०७१ साल भदौ ११ गते स्वास्थ्यमन्त्रीस्तरीय निर्णयमा २/२ वर्षमा चिकित्सकहरूको शुल्क बढाउने भनिए पनि नगरिएपछि चिकित्सकहरूका छाता संगठनले नयाँ शुल्क लागू गरेका हुन् । गएको माग ४ गते स्वास्थ्य मन्त्रालयसँग एक महिनाभित्र शुल्क पुनरावलोकन गर्ने सम्झौता भएपनि हालसम्म कार्यान्वयन नभएपछि आफूहरूले शुल्क तोकेको अफिनका अध्यक्ष वसन्त चौधरी र नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

यस्ताे छ विज्ञप्ति :

प्रकाशित मिति : February 17, 2021 at 12:30 pm