११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

भारतसँग ४ डलरका दरले २० लाख डोज भ्याक्सिन किनिने, अग्रिम भुक्तानीको बाटो खुल्यो

४ फागुन, काठमाडाैँ । सरकारले ४ डलर तिरेर भारतीय कम्पनीसँग २० लाख डोज कोरोनाको खोप खरिद गर्ने भएको छ । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले भारतसँग प्रति डोज ४ डलरका दरले कोभिसिल्ड भ्याक्सिन किन्ने बाटो खोलिदिएको हो ।

अब अग्रिम भुक्तानी दिएर भ्याक्सिन ल्याइने स्वास्थ्य तथा जनसंख्यामन्त्री ह्दयेश त्रिपाठीले जानकारी दिएका छन । उनले भारतको सिरम इन्स्टिच्यूटसँग एक डोज खोपको ४ डलरमा खरिद गर्ने सहमति यसअघि नै भएको बताए । यसअघि भारतले अुनदानमा १० लाख डोज भ्याक्सिन दिएको थियो ।

प्रकाशित मिति : February 16, 2021 at 8:48 pm