सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ
४ फागुन, काठमाडाैँ । बिबिसीको प्रभावशाली महिलाको सूचीमा परेकी १८ वर्षीया सपना रोका मगरलाई धम्क्याउने विनयजंग बस्नेत पक्राउ परेका छन्। मंगलबार साँझ बस्नेतलाई प्रहरीले काठमाडौँको गोंगबुबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिए।

आइतबार बस्नेतविरूद्ध अभद्र व्यवहारको मुद्दामा महानगरीय प्रहरी परिसर, काठमाडौँमा जाहेरी दर्ता भएको थियो। बस्नेतले सपना रोका मगरका नांगा तस्वीर देखाइदिने भन्दै धम्की दिएपछि परिसरमा जाहेरी दर्ता गरिएको थियो। यसअघि सपना र बस्नेतले मिलेर बेवारिसे शव जलाउने काम गरेका थिए।
प्रकाशित मिति : February 16, 2021 at 6:20 pm



