बैतडीमा नेकपा र कांग्रेस कार्यकर्ताबीच झडप, पूर्वमन्त्री साउदसहित ६ घाइते
४ फागुन, बैतडीमा । बैतडीमा नेपला कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप भएको छ । गाउँपालिको केन्द्रको विवादका विषयमा दुबै पक्षका कार्यकर्ताबीच भनाभन हुँदाहुँदै झडप भएको प्रहरीले जनाएको छ ।
जिल्लाको डिलासैनी गाउँपालिका–३ पनसेरामा कांग्रेसले गरेको बिरोधसभामा नेकपा कार्यकर्तासँग विवादैविवादको बीचमा झडप भएको हो । झडपमा कांग्रेस केन्द्रीय सदस्य समेत रहेका पूर्वमन्त्री एनपी साउदसहित ६ जना घाइते भएका छन ।

कार्यक्रममा कांग्रेसकी नेतृ डिला सङ्ग्रौला र नैनसिंंह महरलगायतले पनि सम्बाेधन गर्ने कार्यक्रम रहेको थियो । अहिले घटनास्थल तनावग्रस्त बनेको छ । झडपपछि उक्त स्थलमा प्रहरीको टोली पुगेको छ। प्रहरी टोलीले झडप रोक्ने प्रयास गरिरहेको छ ।
प्रकाशित मिति : February 16, 2021 at 6:01 pm



