११ श्रावण २०८३, सोमबार | Mon Jul 27 2026

प्रचण्डका युवा नेता तेस्रो बिहे गरेको आरोपमा जेल चलान

४ फागुन, सल्यान । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को माझण्ड (माधव-भलनाथ-प्रचण्ड) समूहको सल्यानका युवा नेता तेस्रो बिहेको अभियोगमा जेल चलान भएका छन । जिल्ला अदालत सल्यानले जनप्रतिनिधिसमेत रहेका सल्यानका इन्द्रबहादुर कुमाइको पछिल्लो जोडीलाइ जेल चलान गरेको हो ।

घरमा दुई श्रीमती र ४ छोराछोरी हुँदाहुँदै तेस्रो बिहे गर्ने सल्यानका एक वडाध्यक्षको जोडीलाई अदालतले कैद सजाय सुनाइएको छ । बनगाड कुपिण्डे नगरपालिका–९, का वडाध्यक्ष इन्द्रबहादुर कुमाइको जोडीलाई जिल्ला अदालत सल्यानले एक वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकेको हो ।

न्यायाधीश कुलप्रसाद पाण्डेको इजलासले वडाध्यक्ष र उनीसँग विवाह गरेकी ग्वामी विष्ट कुमाइलाई एक वर्ष कैद र जनही १० हजार जरिवानाको फैसला गरेको छ । मंसिर ३ गते बहुविवाह गरेका उनीहरूलाई प्रहरीले मंसिर १९ गते पक्राउ गरेको थियो । कुमाइ यसअघि गत स्थानीय निर्वाचनमा तत्कालीन माओवादीका तर्फबाट विजयी भएका थिए ।

प्रकाशित मिति : February 16, 2021 at 4:55 pm