११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा १०५ कोरोना संक्रमित थपिए

४ फागुन, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ९४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ५८७ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ९९ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण निको हुनेको संख्या २ लाख ६९ हजार ३०३ पुगेको छ । काेराेना संक्रमणबाट नेपालमा हालसम्म मृत्यु हुनेकाे संख्या २ हजार ५५ पुगेकाे छ ।

प्रकाशित मिति : February 16, 2021 at 4:25 pm