११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री र सभामुखद्धारा वसन्त श्रवण

४ फागुन, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले बसन्त पञ्चमीका अवसरमा मंगलबार बिहान हनुमानढोकामा बसन्त श्रवण गर्नुभएकाे छ। हनुमानढोका दरबारस्थित नासलचोकमा आयोजित एक समारोहमा राष्ट्रपतिलाई हनुमानढोका हेरचाह अड्डाका मूल पुरोहितले अभिषेक, टीका, माला र फूलप्रसाद प्रदान गरेका थिए भने नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गर्नुका साथै मंगलधुन बजाएको थियो ।

परापूर्वकालदेखि वसन्त पञ्चमीका दिन राष्ट्राध्यक्ष एवं सरकार प्रमुखलगायत नेपाल सरकारका विशिष्ट व्यक्तिबाट वसन्त श्रवण गर्ने परम्परा छ । सो अवसरमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नी सापकोटालगायतले बसन्त श्रवण गरी टीका, माला र फूलप्रसाद ग्रहण गर्नुभएकाे थियाे ।

वसन्त पञ्चमीलाई वैदिक कालमा नै कामदेव र रतिको पूजा गरेर मनाउने गरिएको थियो । वसन्त र कामदेवलाई साथीसाथी मान्ने गर्छन् । त्यसैले पुराणमा उल्लेखित कामदेव र वसन्तको मित्रताको कथालाई श्रवण गर्ने गरिन्छ ।

प्रकाशित मिति : February 16, 2021 at 2:46 pm