प्रधानमन्त्री ओलीद्धारा पुनर्निर्मित मन्त्रिपरिषद् कार्यालयकाे उद्घाटन
३ फागुन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकाे उद्घाटन गर्नुभएकाे छ । २०७२ सालको भूकम्पले क्षतिग्रस्त भएको भवनको प्रबलीकरण गरिएपछि प्रधानमन्त्री ओलीले आज कार्यालयको उद्घाटन गर्नुभएकाे हाे ।

भूकम्प अगाडिसम्म सिंहदरबारको मूल भवनमा रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय भूकम्पपछि शिक्षा मन्त्रालय सामुन्नेको छुट्टै भवनमा सारिएको थियो ।
प्रकाशित मिति : February 15, 2021 at 11:47 am



