११ श्रावण २०८३, सोमबार | Tue Jul 28 2026

निजामती सेवाका कर्मचारीलाई कोभिड १९ विरुद्धको खोप लगाउन शुरु

२ फागुन, काठमाडाैँ । कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप निजामती सेवाका कर्मचारीलाई लगाउन थालिएको छ । आइतबारदेखि निजामती कर्मचारी अस्पतालबाट निजामती सेवाका कर्मचारी, स्थानिय तहका कर्मचारी लगायतलाई कोभिड १९ कोरोना भाइरसविरुद्धको खोप दिन थालिएको हो ।

निजामती सेवा अन्र्तगतका जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, हुलाक कार्यालय, कर कार्यालय, यातायात व्यवस्था कार्यालयका कर्मचारीहरुलाई परिचयपत्र हेरेर प्रदान गरिने निजामती कर्मचारी अस्पतालकि भ्याक्सिन कोअर्डिनेटर मंगलमाया प्रजापतीले जानकारी दिनुभयो । त्यसैगरी प्रहरीहरुलाई पनि परिचयपत्र हेरेर खोप प्रदान गरिने उहाँको भनाई छ ।

त्यसैगरी, पहिलो चरणमा छुट भएका स्वास्थ्यकर्मीले काउन्सिलले लेखेको पत्र अनुसार, नेपाल बैंक, वाणिज्य बैंक, कृषि बैंक र कृषि बैंकका कर्मचारीलाई पनि खोप दिइने भएको छ । अदालतका न्यायाधिस र अदालतमा काम गर्ने वकिलहरुलाई पनि परिचय पत्र अनुसार प्रदान गरिने भ्याक्सिन कोअर्डिनेटर प्रजापतीले जनाउनुभयो । आइतबार ५०० जनालाई खोप लगाउने लक्ष्य रहेको उहाँले बताउनुभयो ।

प्रकाशित मिति : February 14, 2021 at 1:37 pm