१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

मातृ शोकको एक महिना नपुग्दै नेकपा नेता माधव अर्याललाई पत्नी शोक

३० माघ, काठमाडाैँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधव अर्याललाई पत्नी शोक परेको छ । मातृ शोकको एक महिना पूरा नहुँदै अर्याललाई पत्नी शोक परेको हो । अर्यालकी पत्नी विना अर्यालको शुक्रबार बिहान कीर्तिपुर अस्पतालमा निधन भएको उहाँको पारिवारले जनाएको छ ।

अर्यालको मातको यसअघि माघ ३ गते निधन भएको थियो । आमाको किरिया बसेको समयमा आर्याल पत्नी बिनाको शरिरमा आगोले पोलेको थियो । सोही घाउको उपचारको क्रममा उहाँको निधन भएको बुझिएको छ ।

प्रकाशित मिति : February 12, 2021 at 12:22 pm