नेता झलनाथ खनाल दिल्ली प्रस्थान
३० माघ, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माझण्ड समुहका नेता झलनाथ खनाल नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे छ । नेता खनाल स्वास्थ्य उपचारका लागि शुक्रबार बिहान ११ बजे नयाँ दिल्ली प्रस्थान गर्नुभएकाे उहाकाे सचिवालयले जनाएको छ ।

नेता खनाल नेपाल वायुसेवा निगमको नियमित उडानमार्फत आज दिल्ली प्रस्थान गर्नुभएकाे हाे । उहा स्वास्थ्य जाँच गराएर सोमबार काठमाडौँ फर्किने कार्यक्रम छ ।
प्रकाशित मिति : February 12, 2021 at 12:05 pm



