रामकुमारी झाँक्रीलाई सोधपुछका लागि प्रहरीले बोलायो, आफैँ उपस्थित नभए पक्राउ गर्ने तयारी
२९ माघ, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माझण्ड समूहकी नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले सोधपुछकाे लागि महानगरीय अपराध महाशाखामा बोलाएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीलाई व्यक्तिगत रुपमा चरित्रहत्या गर्ने र एकल महिलाप्रति लक्षित गरेर आपत्तिजनक अभिव्यक्ति दिएको अभियोगमा प्रहरीले झाँक्रीलाई सोधपुछकाे लागि अपराध महाशाखा बोलाएको हाे ।

अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले झाँक्रीलाई केही दिनअघि गोरखामा दिएको अभिव्यक्तिका सन्दर्भमा सोधपुछ गर्न बोलाइएको जनाएका छन् । उनले भने सोधपुछकाे लागि झाँक्रीलाई बोलाएको छाैँ झाँक्री आफैँ उपस्थित नभए पक्राउ गर्ने तयारी भइरहेकाे छ ।
गोरखाको एक कार्यक्रममा झाँक्रीले राष्ट्रपति भण्डारीप्रति व्यक्तिगत आरोप लगाएको भन्दै विरोध भएको थियो । झाँक्रीले गोरखाको भाषणमा सेतो सारी लगाएर भोट माग्ने प्रवृतिको समेत विरोध गरेकी थिइन् ।
प्रकाशित मिति : February 11, 2021 at 11:18 am



