नेपाल प्रहरीका ६ डिएसपीको सरुवा, काे कहाँ ? (सूचिसहित)
२८ माघ, काठमाडाैँ । नेपाल प्रहरीका ६ प्रहरी नायव उपरिक्षक (डिएसपी) को सरुवा भएको छ । प्रहरी महानिरीक्षकस्तरीय बैठकले प्रचलित नियमानुसार तलव, भत्ता समेत अहिले सरुवा भएको दरबन्दीवाट खान पाउने गरी उनिहरुको सरुवा गरिएको प्रहरी प्रधान कार्यालय मानवश्रोत एवम प्रशासन विभाग अन्तरगतको कर्मचारी प्रशासन शाखाले मंंगलबार विज्ञप्ती जारी गर्दै जानकारी गराएको छ ।

प्रहरी प्रधान कार्यलय, अपराध अनुसन्धान विभाग अपराध नियन्त्रण महाशाखा नक्साल, काठमाडाैँमा कार्यरत रामहरी पाण्डेकाे नेपाल प्रहरी सिंहदरबार सुरक्षा गण, काठमाडाैँमा सरुवा भएकाे छ । यस्तै, रिक्त रहको जिल्ला प्रहरी कार्यालय अछामको प्रमुखमा महानगरीय प्रहरी पहरा गण मुख्यालय सामाखुशी, काठमाडौँमा कार्यरत तुल्सीराम अर्यालको सरुवा भएको छ । यस्तै जिल्ला प्रहरी कार्यालय ताप्लेजुङको प्रमुखमा प्रहरी प्रधान कार्यालय केन्द्रीय समाचार कक्ष नक्साल, काठमाडौँमा कार्यरत बालनरसिंह राणाको सरुवा भएको छ । यसैगरी जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्रमुखमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङमा कार्यरत मनोहर भट्टको सरुवा भएको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
हेर्नुहाेस् सूचिः

प्रकाशित मिति : February 10, 2021 at 2:55 pm



