१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नेपाली कांग्रेसका पूर्वसांसद जोशीको निधन

२८ माघ, महेन्द्रनगर । पूर्वसांसद गङ्गादत्त जोशीको आज बिहान हृदयाघातका कारण ८४ वर्षका उमेरमा निधन भएको छ । केही दिनअघि आँखाको शल्यक्रिया गर्नुभएका नेपाली कांग्रेस कञ्चनपुरका पूर्वसभापति जोशीको आज बिहान महेन्द्रनगरस्थित घरबाट आँखाको थप उपचारका लागि अस्पताल जाने क्रममा बाटामै निधन भएको हो ।

फाइल तस्वीर

“नातिनीको स्कुटरमा चढेर गेटा आँखा अस्पताल जाने क्रममा उहाँलाई घर नजीकै हृदयाघात भयो”, कांग्रेस कञ्चनपुरका पार्टी सचिव ईश्वरीप्रसाद जोशीले भन्नुभयो, “उहाँलाई उपचारका लागि महाकाली अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको खबर छ ।” उहाँको शव महाकाली अस्पतालमा राखिएको छ । परिवारका सदस्यसितको सल्लाहमा दाहसंस्कार गरिने जोशीले बताउनुभयो । वृद्धावस्थामा पनि राजनीतिमा सक्रिय जोशीले उच्च रक्तचापको औषधि खाइरहनुभएको बुझिएको छ ।

प्रकाशित मिति : February 10, 2021 at 12:12 pm