१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रचण्डको भाषण सुनाउने नाममा माझण्ड समूहको चन्दा आतंक, पीडामा व्यवसायी

२८ माघ, वीरगञ्ज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूले जुलुशको नाममा चन्दा आतंक तीव्र बनाएको छ । माघ २८ गते काठमाडौँमा हुने विरोध प्रदर्शनका लागि भन्दै माझण्ड समहूले चन्दा आतंक नै चलाएको छ । देशका विभिन्न जिल्लाबाट सर्वसाधरणलाइ काठमाडाैँ अोसार्न भन्दै उनीहरू चन्दा आतंक चलाएका हुन ।

औद्योगीक नगरी वीरगन्जमा रहेका अधिकांश होटल व्यवसायी, उद्योग, निजी अस्पतालसँग चन्दा उठाइएको पाइएको छ । उनीहहरूले चन्दाको दर नै तोकेर उठाएका छन ।

कोभिड १९ का कारण थला परेको विभिन्न क्षेत्र तंग्रिन नपाउँदै चन्दा आतंकको मारमा परेपछि अहिले उनीहरू तनावमा परेका छन । माझण्ड समूहका नेताहरुकै हस्ताक्षर सहितको चन्दा रसिद बाडेँर पैसा असुली गरिरहेका छन ।

राजनीतिक दलका कार्यकर्ताले स्वेच्छिक भन्दा पनि उद्योगको बिक्री, नाम चलेका उद्योग, ब्राण्ड र व्यवसायीको हैसियत अनुसार चन्दाको रकम अंकमा तोकेरै मागेका छन ।

चन्दा माग्न आउनेहरूले भनेजति रकम नदिए भोलि जे पनि हुन सक्ने र त्यस बेला अप्ठेरो पर्दा त्यसको जिम्मेवार स्वंय नै हुने भन्दै चन्दा रसपद थमाएको व्यवसायीहरूले बताएका छन ।

उद्योगी व्यवसायीको यस्तो पीडामा सरकारको उपस्थिति नदेखिएको र आफूहरू उजुरी गर्न जान समेत नसक्ने अवस्थामा रहेको उनीहरूको भनाइ छ । सुरक्षाका कारण व्यवसायीहरू खुलेर बाहिर आउन नसकेको व्यवसायीहरुको भनाइ छ ।

प्रकाशित मिति : February 10, 2021 at 10:12 am