सनराइज बैंकका सिईओ शर्माले दिए राजिनामा
२७ माघ, काठमाडाैँ । सनराइज बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सीईओ) जनक शर्मा पौड्यालले राजीनामा दिएका छन् । लामो समय बैंक सञ्चालक र व्यवस्थापनबीच बिवाद रहदै आएको सनराइज बैंकका सीईओ पौड्यालले मंगलबार पदबाट राजीनामा दिएका हुन् ।

चार वर्षका लागि नियुक्त भएका शर्माले २ वर्ष कार्यकाल अझै बाँकी रहदै राजिनामा दिएका हुन् । उनले बाँकी समयको सेवा सुविधा समेत पाउने गरी राजीनामा दिएका हुन् । हिजो मात्र बैंकको सञ्चालक समितीले डेपुटी सीइओमा आरती राज्यलक्ष्मी राणा लाई नियुक्त गरेको थियो।
प्रकाशित मिति : February 9, 2021 at 5:16 pm



