माघ ३० गते सार्वजनिक बिदा दिने सरकारको निर्णय
२७ माघ, काठमाडौँ । सरकारले माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ। सोनाम ल्होछारको अवसरमा सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको हाे ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछारको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। यसअघि २०५१ सालदेखि ल्होछारको अवसरमा दिइएको बिदा सरकारले ३ वर्षअघि कटौती गरेको थियो।
प्रकाशित मिति : February 9, 2021 at 2:11 pm



