निर्वाचनको तयारीबारे छलफल गर्न प्रधानमन्त्री ओली निर्वाचन आयोगमा
२७ माघ, काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोगको कार्यालय पुग्नुभएकाे छ। निर्वाचनको तयारीबारे छलफल गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुग्नुभएकाे हाे । छलफलका लागि प्रधानमन्त्री ओलीसहित महासचिव विष्णु पौडेल, संसदीय दलको उपनेता सुवासचन्द्र नेम्वाङ लगायतका नेताहरु पुग्नुभएकाे छ ।

सोमवार गरेको मन्त्रिपरिषद्लकाे निर्णयबारे जानकारी गराउन अर्थमन्त्री विष्णु पौडेलसहित प्रधानमन्त्री ओली आयोग पुग्नभएकाे हाे । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले वैशाखमा हुने निर्वाचनमा हुने दुई चरणका प्रदेश र जिल्लाको टुंगो लगाएको छ।
प्रकाशित मिति : February 9, 2021 at 12:33 pm



