७ असार २०८३, आइतबार | Sun Jun 21 2026

ग्रीन लाइफ हाइड्रोपावरको आइपिओमा आवेदन दिने आज अन्तिम मौका, कति पर्याे आवेदन ?

२७ माघ, काठमाडाैँ । ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडले माघ २३ गतेदेखि सर्वसाधारणमा निष्काशन तथा बिक्री खुला गरेको साधारण सेयर (आईपीओ) मा आवेदन दिने आज (माघ २७ गते) अन्तिम दिन रहेको छ। सोमबार साँझसम्म उक्त आइपिओमा १० लाख ९१ हजार २५१ आवेदकहरुले १ करोड ९८ लाख ६१ हजार ७१० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ६ गुणा बढी हो।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३४ करोड ९६ लाख ४० हजार रूपैयाँ बराबरको ३४ लाख ९६ हजार ४ सय कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेको हो । जसमध्ये १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषका लागि, ६९ हजार ९ सय २८ कित्ता कर्मचारीहरुका लागि र बाँकी ३२ लाख ५१ हजार ६ सय ५२ कित्ता सर्वसाधारणहरुका लागि छुट्याएको छ । उक्त आइपिओमा लगानीकर्ताहरुले आज (माघ २७ गते, मंगलबार) बैंकिङ समयसम्म आवेदन दिन सक्नेछन् ।

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ । केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयर एनपी बी प्लस (आइएस)’ रेटिङ्ग प्रदान गरेको छ । यसले समयमा नै वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा उच्च जोखिममा रहेको संकेत गर्दछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

प्रकाशित मिति : February 9, 2021 at 10:06 am