१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए १३० कोरोना संक्रमित, ७ जनाको मृत्यु

२६ माघ, काठमाडाैँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ५५ पुगेको छ । मन्त्रालयका अनुसार कोरोनाका सक्रिय संक्रमितको संख्या १ हजार ७४४ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १९४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या २ लाख ६८ हजार २६६ पुगेको छ । पछिल्लो २४ घण्टामा नेपालमा काेराेना संक्रमणबाट थप ७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०४५ पुगेको छ ।

प्रकाशित मिति : February 8, 2021 at 5:22 pm