१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म ट्रायल दिन पाउने

२६ माघ, काठमाडाैँ ।  यातायात व्यवस्था विभागले सवारी लाइसेन्स प्रक्रियालाई खुकुलो बनाउदै लगेको छ । अब ड्राइभिङ लाइसेन्सका लागि लिखित परीक्षा पास गर्नेले १८ महिनासम्म प्रयोगात्मक परीक्षा (ट्रायल) दिन पाउने भएका छन् । यस अघि लिखित परिक्षा पास गरेको तीन महिनासम्म मात्रै ट्रायल दिने व्यवस्था थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभागले यस अघिको व्यवस्थालाई परिवर्तन गर्दै रि–ट्रायल परीक्षामा सहभागी हुन पाउने समयवधि १५ महिना थप गरेको हो । विभागले एक सूचना जारी गर्दै यसअघि लिखित परीक्ष पास भएको ९० दिनसम्म रिट्रायल दिन पाइने व्यवस्थालाई परिवर्तन गर्दै १८ महिना पुर्याइएको जानकारी गराएको हो । विभागले सूचनामा भनेको छ‘ यातायात व्यवस्थापन कार्यविधि निर्देशिका, २०६० मा संशोधन गरेर समय बढाएको हो’ ।

प्रकाशित मिति : February 8, 2021 at 4:21 pm