फुल्चोकी जंगलमा हराइरहेका २ जनाको प्रहरीद्वारा सकुशल उद्दार
२६ माघ, काठमाडाैँ । ललितपुरको गोदावरी नगरपालिका-३ स्थित फुल्चोकी जंगलमा हराइरहेका २ जनालाई प्रहरीले सकुशल उद्दार गरेको छ । काठमाडौं कलंकी बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-६ घर भएका २१ वर्षीय प्रशान्त थापा र दोलखा मुलुं गाउँपालिका-३ घर भएका १९ वर्षीय सुरेश केसी उक्त जंगलमा घुम्न गएकाबेला हराएका थिए ।
सोसम्बन्धी खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग बाँडेगाउँ ललितपुरबाट खटिएको प्रहरीले गोदावरी नगरपालिका-२ चापाखर्कमा अलपत्र रहेको अवस्थामा उनीहरुलाई उद्दार गरी अभिभावकको जिम्मा लगाएको हो ।

जाडो याममा हिउँ पर्ने कारण आन्तरिक पर्यटकको अत्यधिक घुँइचो हुने र बाटो बिराइ मानिसहरु हराउन गई मृत्यु समेत हुने गरेको बिगतको घटनाहरुलाई मध्यनजर गरी महानगरीय प्रहरी प्रभाग बाँडेगाउँले फुल्चोकी प्रवेशको मुख्य नाका गोदावरी बसपार्क नजिकै जाँच, पर्यटक बिबरण ईन्ट्रीलगायत गर्दै आएको छ ।
प्रकाशित मिति : February 8, 2021 at 12:35 pm



