उपत्यकाका जिल्लामा प्रधानमन्त्री ओलीनिकट प्रेस सङ्गठन पुनःगठन
२६ माघ, काठमाडाैँ । प्रधानमन्त्री ओली समूहनिकट प्रेस सङ्गठन नेपालले काठमाडौँ, ललितपुर र भक्तपुरमा आफ्नो सङ्गठन पुनःगठन गरेको छ । काठमाडौँ उपत्यका प्रदेश कमिटीको बैठकले तीनै जिल्लाको सङ्गठन पुनःगठन गरेको हो ।

पुनःगठित सङ्गठनको काठमाडौँका संयोजकमा पुकार तिमिल्सना र सहसंयोजक ज्योति जिसी तथा नूरराज कँडेल, ललितपुर संयोजकमा बालमुकुन्द आचार्य र सहसंयोजक अशोक दुलाल तथा भक्तपुर संयोजकमा हेमराज ढकाल र सहसंयोजक अञ्जना शिल्पकार रहनुभएको छ । सङ्गठनको यही माघ ८ गतेको भेलाले गणेश बस्नेतलाई संयोजकको जिम्मेवारी दिएको थियो ।
प्रकाशित मिति : February 8, 2021 at 12:25 pm



