१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए १०५ कोरोना संक्रमित

२३ माघ, काठमाडौँ । पछिल्लो २४ घण्टामा थप १०५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै कुल संक्रमितको संख्या दुई लाख ७१ हजार ७ सय ७ जना पुगेका छन्। जसमध्ये सक्रिय संक्रमित २ हजार एक सय ८ छन्। पछिल्लो २४ घण्टामा थप २७२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६७ हजार ५६४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा काेराेना संक्रमणबाट थप २ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या २०३५ पुगेको छ ।

प्रकाशित मिति : February 5, 2021 at 4:41 pm