१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

प्रहरीसँगको झडपमा घाइते भएका पूर्वमन्त्री मात्रिका यादवको अण्डकोषमा चोट

२२ माघ, जनकपुरधाम । बिहीबारको नेपाल कम्युनिस्ट पार्टी माझण्ड (माधव-झलनाथ-प्रचण्ड) समूहको बन्द सफल बनाउन भन्दै सडकमा निस्किएका पूर्वमन्त्री मात्रिका यादव प्रहरीसँगको झडपमा घाइते हुनुभएको थियो । प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा यादवको अण्डकोषमा चोट देखिएको चिकित्सकले बताएका छन ।

पूर्वमन्त्री यादवको अण्डकोषमा गम्भीर चोट लागेको  प्रादेशिक अस्पताल जनकपुरका मेडिकल सुपरिटेन्डेन्ट प्रमोद यादवले जानकारी दिनुभयो । जनकपुरधाम स्थित शिवचोकमा बजार बन्द गराउने क्रममा प्रहरी र पूर्वमन्त्री यादवको समूहबीच झडप भएको थियो । यादवको अण्डकोषको चोट गम्भीर रहेकाले त्रिवि शिक्षण अस्पताल रिफर गरिएको मेडिकल सुपरिटेन्डेन्ट यादवले जानकारी दिनुभयो । झडपमा अर्का पूर्वमन्त्री रामचन्द्र झाको टाउको फुटेको छ।

प्रकाशित मिति : February 4, 2021 at 7:34 pm