१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

नारायणगढमा सयाैँ सवारी रोकिए, हजाराैँ यात्रुको विचल्ली

२२ माघ, काठमाडाैँ । नेकपाको माझण्ड (माधवकुमार नेपाल, झलनाथ खनाल र पुष्पकमल दाहाल प्रचण्ड) समूहका कार्यकर्ताले चितवनको नारायणगढमा सवारी आवागमन रोकेका छन । भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाल नै बन्द गराउँदै हिडेको प्रत्यक्षदर्शी तीर्थ भट्टराईले जानकारी दिए । धनगढीबाट काठमाडौँ आउँदै गरेको आफू नारायणगढमा रोकिएको उनले जानकारी दिए ।

माझण्डका कार्यकर्ताले बाटो रोकेपछि गन्तव्यमा जानबाट रोकिएका हजारौँ यात्रुको विचल्ली भएको छ । होटलहरू समेत खुल्न नदिएका कारण यात्रुहरूले केही खान समेत पाएका छन । तस्बीरहरूः तीर्थ भट्टराई

प्रकाशित मिति : February 4, 2021 at 8:27 am