१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए १५९ कोरोना संक्रमित

१९ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १५९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ११८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमणका सक्रिय संक्रमितको संख्या २ हजार ४८९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २६४ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर जानेकाे संख्या हालसम्म २ लाख ६६ हजार ६०० पुगेको छ ।

प्रकाशित मिति : February 1, 2021 at 4:21 pm