नुवाकोटको विदुरमा उपप्रधानमन्त्री पोखरेलको गाडीमा ढुंगा प्रहार, सिडिओले रमिता हेरेर बसे
-प्रशान्तजंग पाण्डे
१९ माघ, नुवाकोट । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य एंव उपप्रधानमन्त्री चढेको गाडीमा नुवाकोटको विदुरमा उषाकिरण तिमल्सना नेतृत्वको टोलीले ढुंगा प्रहार गरेको छ । सोमबार बिहान नेकपा नुवाकोटको भेलामा जाने क्रममा उपप्रधानमन्त्री चढेको गाडीमै ढुंगा प्रहार भएको हो । त्यस्तै उद्योगमन्त्री लेखराज भट्ट र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालकाे सवारीमा समेत ढुंगा प्रहार भएको छ । ढुंगाले उपप्रधानमन्त्री सवार गाडी भने कुच्चिएको छ ।

अनेरास्ववियु कार्यकर्ता विनोद कोइरालाले हानेको ढुंगाले लागेर नेपाल विद्युत प्राधिकरणको एउटा गाडीको सिसा फुटेको छ भने सोही गाडीमा सवार एक जनाको पाखुरामा ढुंगाले लागेको छ । प्रमुख जिल्ला अधिकारी झंक ढकाल मन्त्रीको गाडीमा ढुंगा प्रहार हुँदा समेत पछाडी बसेर रमिता हेरिरहेका थिए । नेकपाका नेताहरुले आईतबार प्रमुख जिल्ला अधिकारीलाई बिरोधको कार्यक्रमको जानकारी दिँदा समेत उनले कालो झण्डा देखाउने र झडप हुने सामान्य रहेको बताएको नेताहरुले बताए ।


प्रकाशित मिति : February 1, 2021 at 12:18 pm



