पेट्रोल बाेकेकाे ट्यांकर दुर्घटना, चालकको मृत्यु
१५ माघ, दाङ । रोल्पा नगरपालिका १ भदौरेमा इन्धन बोकेको ट्यांकर विहीबार भीरबाट खस्दा चालकको मृत्यु भएको छ । नेपालगन्जबाट रोल्पाको जलजला पेट्रोल पम्पमा इन्धन लिएर जाँदै गरेको ना. ४ ख २२५७ नम्बरको ट्यांकर दुर्घटनामा परी नेपालगन्ज निवासी चालक हरबजन सिंहको मृत्यु भएको हो ।

रोल्पा प्रहरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष केसीका अनुसार दुर्घटनास्थलबाट उपचारका लागि लिवाङ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको हो । दुर्घटनामा सहचालक सामान्य घाइते भएका छन् । दुर्घटनाको कारण नखुलेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : January 28, 2021 at 5:17 pm



