१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

सशस्त्र प्रहरीको सक्रियताः लैनचाैरबाट पेस्तोलसहित समातिए कृष्ण चौलागाई

१५ माघ, काठमाडौँ । सशस्त्र प्रहरीले एक जना हतियारधारीलाइ नियन्त्रणमा लिएर नेपाल प्रहरीको जिम्मा लगाएको छ । काठमाडौँको लैनचौरबाट एक युवालाइ पेस्तोलसहित पक्राउ गरेर सशस्त्रले नेपाल प्रहरीको जिम्मा लगाएको हो ।

सशस्त्र प्रहरीका अनुसार काठमाडौं महानगरपालिका २६ लैनचौर ईलाकाबाट एक थान कटुवा पेस्तोलसहित सिन्धुपाल्चोक जिल्लाको भोटेचौर गाउँपालिका वडा नं। ३ घर भई काठमाडौंको सामाखुशी टाउन प्लानिङ्ग बस्ने २८ वर्षीय कृष्ण चौलागाई पक्राउ परेका हुन ।


सशस्त्रको ईन्टेलिजेन्स व्यूरोको विशेष सुचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ गुल्मबाट खटिएको टोलीले निज चौलागाईलाई लैनचौरबाट उक्त कटुवा पेस्तोल तथा सोको एक थान गोली र एउटा मोवाईल सेटसहित पक्राउ गरेर आवश्यक कारबाहीका लागि प्रहरीकोमा बुझाएको हो ।

प्रकाशित मिति : January 28, 2021 at 6:52 am