१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

पछिल्लो २४ घण्टामा थपिए २७० कोरोना संक्रमित, ७ जनाको मृत्यु

११ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६९ हजार ४५० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ३१२ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ४०३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना निको हुनेको संख्या हालसम्म २ लाख ६४ हजार १३७ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ७ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार १ पुगेको छ ।

प्रकाशित मिति : January 24, 2021 at 4:50 pm