१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

वैवाहिक जीवनमा बाँधिए मुख्यमन्त्री राई र मोडल शेर्पा

११ माघ, काठमाडाैँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई वैवाहिक बन्धनमा बाँधिएका छन् । आइतबार काठमाडौंस्थित एक पार्टी प्यालेसमा मुख्यमन्त्री राई र जाङ्मु शेर्पा वैवाहिक बन्धनमा बाँधिएका हुन् । विवाह समारोहमा सिमित व्यक्तिहरुको मात्र उपस्थिति थियो ।

शेर्पा सन् २०१८ की ‘मिस मंगोल नेपाल’ हुन् । उनी हाल काठमाडौँमा बस्दै आएकी छन्। ज्याङ्मुले विभिन्न म्यूजिक भिडिओमा समेत अभिनय गरी सकेकी छन् । मुख्यमन्त्री राई र शेर्पा केही समययता प्रेम सम्बन्ध रहेको बताइएको छ ।

प्रकाशित मिति : January 24, 2021 at 3:50 pm