४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

रक्तश्राव नरोकिएपछि सुत्केरीको हवाई उद्धार

१० माघ, दार्चुला । नेपाली सेनाको हेलिकोप्टरमार्फत दार्चुलाबाट एक सुत्केरीको उद्धार गरिएको छ । अत्यधिक रक्तश्राव नरोकिएपछि व्यास गाउँपालिका–५ का २८ वर्षीया शोभा विष्टको उद्धार गरिएको हो ।जिल्ला अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्मिए पनि रक्तश्राव नरोकिएपछि थप उपचारका लागि ती महिलालाई हवाई उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले जानकारी दिनुभया ।

फाइल फोटो ।

उहाँलाई उपचारका लागि सुर्खेत अस्पताल लगिएको जिल्ला अस्पतालका सूचना अधिकारी डम्बरदत्त भट्टले बताउनुभयो । राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत सुत्केरीको उद्धार गरिएको हो । कार्यक्रमअन्तर्गत यसअघि पनि जिल्लाबाट सुत्केरीको उद्धार गरेर जीवनरक्षा गरिएको थियो ।

प्रकाशित मिति : January 23, 2021 at 8:38 pm