१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु

१० माघ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको हो ।

मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताउनुभयो । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

प्रकाशित मिति : January 23, 2021 at 9:55 am