चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले छाडे न्युज २४ टेलिभिजन
८ माघ, काठमाडौँ । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेको घोषणा गरेका छन्।

चर्चित कार्यक्रम ‘सीधा कुरा जनतासँग’का सञ्चालक लामिछानले बुधबार साँझ सामाजिक सञ्जालमार्फत भोलि बिहीबार प्रसारण हुने कार्यक्रमसँगै न्युज २४ टेलिभिजनबाट बिदा हुने उल्लेख गरेका हुन्। जनताको चासो र गुनासोलाई प्रमुख प्राथमिकताका साथ प्रस्तुत गर्ने रविले अव के गर्लान सवैको चासो छ । त्यस बारेमा उनले केही बोलेका छैनन् ।
प्रकाशित मिति : January 21, 2021 at 9:31 am



