पछिल्लो २४ घण्टामा थपिए ३१८ कोरोना संक्रमित, ६ जनाको मृत्यु
७ माघ, काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या २ लाख ६८ हजार ३१० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या ३ हजार ६९३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३८३ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म २ लाख ६२ हजार ६४२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जनाको कोरोना भाइरसक संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ । योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १९७५ पुगेको छ ।
प्रकाशित मिति : January 20, 2021 at 4:58 pm



