त्रिवि शिक्षण अस्पतालकाे कोभिड आईसीयूमा बिरामीको मृत्यु, चिकित्सकमाथि हातपात
६ माघ, काठमाडौँ । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको कोभिड आईसीयूमा कार्यरत एक डाक्टरमाथि कुटपिट भएको छ । आज अस्पतालको कोभिड आईसीयूमा उपचाररत बिरामीको मृत्यु भएपछि मृतकका आफन्तले डा. सविन भण्डारीमाथि कुटपिट गरेका हुन् ।

शिक्षण अस्पतालको आइसीयुमा बुटवलका ६२ वर्षीय बिरामीको उपचारकै क्रममा निधन भएपछि मृतकका आफन्तले मंगलबार चिकित्सकमाथि गालीगलौजका साथै हातपात गरेका हुन् ।
प्रकाशित मिति : January 19, 2021 at 5:21 pm



