१२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026

आगलागी भएको घरबाट २३ जनाको सकुशल उद्धार

६ माघ , काठमाडौँ । काठमाडौँ महानगरपालिका-१४ रबिभवनस्थित सोल्टी अपार्टमेन्टको तेश्रो तल्लाबाट करेन्ट सर्ट भई सोमबार दिउँसो आगलागी हुँदा अपार्टमेन्टमा रहेका २३ जनालाई सकुशल उद्धार गरिएको छ । उक्त अपार्टमेन्टमा आगलागी भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त कालिमाटी, नेपाली सेना, सशस्त्र प्रहरी बल, स्थानियवासी र दमकल समेतको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै १६ जना पुरुष, ५ जना महिला र २ जना बालबालिकालाई सकुशल उद्धार गरिएको हो ।


आगलागीमा परेर सामान्य घाइते भएका सोही अपार्टमेन्टमा बस्ने भारत घर भएकी २७ वर्षीय प्रतिभा अग्रवाल र उनको २ दिनको छोरालाई उपचारको लागि सहिद मेमोरियल अस्पताल कलंकी लगिएकोमा उपचार पश्चात डिष्चार्ज भएका छन् । आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : January 19, 2021 at 12:39 pm