पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढ्यो
५ माघ, काठमाडौँ । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर २ रूपैयाँका दरले मूल्य बढाएको हो ।

निगमका अनुसार सोमबार राति १२ बजेबाट लागू हुने मूल्य बढाएको छ । हवाई ईन्धन र एलपी ग्यासमा भने मूल्य यथावत रहेको निगमले जनाएको छ । मूल्य वृद्धिसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय १० रुपैयाँ पुगेको छ भने डिजेल र मट्टीतेलको मूल्य समान ९३ रुपैयाँ पुगेको छ ।
प्रकाशित मिति : January 18, 2021 at 9:37 pm



