निर्वाचन आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने
४ माघ, काठमाडौँ । प्रतिनिधिसभा बिघटनपछि आगामी बैशाख १७ र २७ गरी दुई चरणका लागि घोषणा भएको निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गर्ने भएको छ । आयोगले माघ १५ गते मतदाता नामावली प्रकाशित गर्ने तथा त्रुटि भए सच्याउन १६/१७ गते निवदेन दिने प्रस्ताव गरेको छ ।

आयोगले २०७७ पुस ५ गतेसम्म १८ वर्ष उमेर पुग्ने व्यक्तिहरुको मतदाता नामावली अद्यावधिक गरी अन्तिम मतदाता नामावली तयार गर्ने कार्यक्रम सञ्चालन गर्न लागेको जनाएको छ । उक्त अवधिभित्र सम्बन्धित स्थानीय तहको केन्द्रमा गएर मतदाता नामावलीमा समावेश भएको आफ्नो विवरणमा रहेको त्रुटि सच्याउन आयोगले आग्रह समेत गरेको छ ।
प्रकाशित मिति : January 17, 2021 at 3:20 pm



