१६ जेष्ठ २०८३, शनिबार | Sun May 31 2026

चिलिमे जलविद्युतकाे नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा

४ माघ, काठमाडाैँ । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ। कम्पनीको पुस १२ गते साधारण सभाले पारित गरेको बोनस तथा नगद लाभांशमा लाग्ने करसहित १० प्रतिशत नगद लाभांश शेयरधनीहरुको खातामा जम्मा गरेको हो। कम्पनीले हितग्राही खातामा बैंक खाता अध्यावधिक गराएका शेयरधनीहरुको खातामा उक्त लाभांश पुस १६ गतेदेखि नै जम्मा गर्न थालेको हो।


हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि आफ्नो शेयर प्रमाणपत्रहरु अभौतिकिकरण नगराएका शेयरधनीहरुलाई आफ्नो शेयर प्रमाणपत्र अभौतिकिकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराउन समेत कम्पनीले आग्रह गरेको छ ।

प्रकाशित मिति : January 17, 2021 at 10:46 am